दीपेन्द्र र कुशल चम्किँदा स्कटल्याण्टमाथि नेपालकाे जित

विश्वकप क्रिकेट लिग- २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि विजय हासिल गरेकाे छ।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको हो। नेपालकाे जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्ध शतकीय इनिङ खेले।

स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍याे। नेपालका मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए। भने, ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाएर अविजित रहे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ८ बलमा १६ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाएर आउट भएका थिए।

त्यस्तै कप्तान रोहित पौडेलले ६, ज्ञानेन्द्र मल्लले ४, गुल्सन झाले १७, सोमपाल कामीले २४ र सन्दीप जोराले ५ रन बनाए।

स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३/३ विकेट लिए।

त्यसअघि टस हारेर पहिलाे ब्याटिङकाे निम्ताे पाएकाे स्कटल्याण्टले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएकाे थियाे। उसकाे लागि माईकल लिस्कले १ सय ७ रनको शतकीय ईनिङ खेले।

नेपालकाे लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

जारी प्रतियाेगितामा नेपालकाे याे लगातार दाेस्राे जित हाे। यसअघि नेपालले उद्घाटन खेलमा नामिबियालाई पराजित गरेकाे थियाे।

प्रकाशित मिति: : 2023-02-17 16:47:00

प्रतिकृया दिनुहोस्