पिएनजीविरुद्ध आफिस शेखकाे शतक पूरा

आइसीसी विश्वकप लिग- २ को अन्तिम त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालका आशिफ शेखले क्रिकेट जीवनका दुई मानक कायम गरेका छन्।  यही म्याचमा उनले १००० रन मात्र पूरा गरेका छैनन्, पहिलो सतक पनि बनाएका छन्। 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा शेखले १ सय १ बलमा १०० रन पूरा गरे। याे उनकाे एकदिवसीयमा पहिलाे शतक हाे। यो सतकसँगै उनी एकदिवशीय क्रिकेटमा नेपालको तर्फबाट सतक बनाउने पाँचौ खेलाडी भएका छन्। यसअघि सतक बनाउनेमा पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेल रहेका छन्।  

यही म्याचमा ९० रनको आँकडा पार गरेपछि उनले एक दिवशीय खेलमा एकहजार रन पनि पूरा गरेका थिए। असिफ यस्तो कीर्तिमान बनाउने नेपालको दोस्रो खेलाडी हुन्। यसअघि रोहित पौडेलले मात्र नेपालको तर्फबाट यस्तो आँकडा पार गरेका छन्।

शेख ३७.४ ओभरमा ११० रन बनाउदै आउट भएका छन्। ११० बलको सामना गरेका सेखलाई पिएनजी बलर कामियाले हाकुरको हातबाट क्याचआउट गराए। हाकुरले नै यसअघि पीएनजीका तर्फबाट तीन बिकेट लिएका हुन्। 

प्रकाशित मिति: : 2023-03-09 11:46:00

प्रतिकृया दिनुहोस्