वृद्धाश्रममा लोलाएका आमाहरूका आँखा (तस्बिरहरु)

आज आमाको मुख हेर्ने दिन। छोराछोरीले आमालाई पुज्ने दिन। तर, काठमाडौँ गंगबुस्थित हिमालयन वृद्धाश्रमका आमाहरूलाई मातातीर्थ औंशी लागेको छैन। आजकाे दिनलाई आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा मनाइरहँदा आश्रमका आमाहरू भने निराश छन्।

छोराछोरीले बेवास्ता गरेपछि वृद्धाश्रममा सहारा लिइरहेका वृद्ध आमाहरु अझै छोराछोरीको पर्खाइमा छन्। उनीहरुका मलिन अनुहार र भिजेका आँखा अझै पनि आश्रमको गेटमा गइरहन्छन्, छोराछोरी आउने आशमा।


 

प्रकाशित मिति: : 2023-04-20 15:55:00

प्रतिकृया दिनुहोस्