सुधा अत्रि
भर्खर स्वदेश फर्केको छ- बतास,
भर्खर घर फर्केको छ- बादल,
भर्खर मात्रै बार्दलीमा आइपुगेका छन्- चराहरु,
र केही समय मात्र भयो आगँनमा आँशुको चिठ्ठी आईपुगेको पनि।
मैले सोचेको थिए,
जीवनकाे सिङ्गाे संसार नै
बुबाकाे अङ्कमाल हाे,
के थाहा त्याे क्रूरताकाे साैगातमा
संसार देखाउने बुबाकै काखमा
संसारबाट नै आफ्नाे नाता ताेडिन्छ।
मैले सोचेको थिए-
उनीहरु आउँदा खिन् म्याे छिट्का
खेलौनाहरु लिएर आउनेछन्,
सोचेको थिए-
उनीहरु आउँदा म्या तिडाए एको
रेजर र पेन्सील लिएर आउने छन्
ती शिशुहरूकाे भविष्य शाेषण गरेर
भविष्यकाे पुञ्ज खाेसिएर
निष्पट्ट अन्धकार छाएकाे छ, अहिले ।
टिल-पिल उज्यालाे पुञ्ज देख्दा पनि
राहतकाे महशुस हुनेगर्छ।
कतैबाट उज्यालाे पुञ्जकाे
दीप लिएर आउनेकाे पर्खाइमा थिए
तर केही नलिएर आए, उनीहरु।
गोजीमा लुकाएर लिएछन् बरु एउटा घाइते गुलाब,
भित्री वस्त्रमा च्यापेर लिएछन् बरु सपनाका मैला थाङ्का,
र कसो-कसो लिएछन्
बरु झोलामा आफ्नै मृत्युको प्रमाण-पत्र।
सुकुलमा थचक्क बसेर उनीहरुले लामो श्वास फेर्दै
बोले- क्रूरताविरुद्धको आवाज कहिल्यै शून्य हुने छैन।
आवाज त एउटा गर्जन् हो,
जो वर्षापूर्व पृथ्वीलाई नै धक्का दिएर जान्छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया