चरी जेलैमा सुटिङ गरिएपछि चर्चामा आएको श्रीपञ्च महालक्ष्मी मन्दिर (तस्बिरसहित) 

श्रीपञ्च महालक्ष्मी मन्दिर अहिले चर्चामा छ। विशेषतः यो मन्दिर चर्चित तिज गीत ‘चरी जेलैमा-२’ सुटिङ गरिएपछि चर्चामा आएको हो। यसअघि मन्दिरको कुनै चर्चा नरहेको स्थानीय बताउँछन्।

गीतको सुटिङ भएपछि मन्दिरमा दर्शन गर्न आउनेको भीड नै लाग्ने गरेको छ। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका-६ मा पर्ने यस मन्दिरमा स्वदेश तथा विदेशबाट पर्यटक अवलोकन तथा दर्शन गर्न आउँछन्।

मन्दिरसँगै टाढाबाट यहाँ दर्शन गर्न आउनेका लागि आवासको व्यवस्था पनि रहेको छ। मन्दिर आकर्षक छ। मन्दिर परिसरमा पुग्ने जोकोहीलाई पनि यहाँको सुन्दरताले लोभ्याउँछ।

मन्दिरको माथि वन र तल बगिरहेको देव नदीले मन्दिरलाई थप आकर्षक बनाउन सहयोग पुर्‍यााएको छ। यस मन्दिरमा पुग्नका लागि काठमाडौंको चाहविलदेखि जोरपाटी, साँखु हुँदै पुग्न सकिन्छ।

साँखुसम्म सार्वजनिक सवारी साधनमा पुगेपछि करिब १५ मिनेट पैदल हिडेर श्रीपञ्च महालक्ष्मी मन्दिर पुग्न सकिन्छ। तर निजी सवारी सधानमा मन्दिरसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था रहको छ। चाहविलदेखि साँखुसम्म करिब एक घण्टाकाे माेटर यात्रामा पुग्न सकिन्छ।

मन्दिरलाई तस्बिरमा हेर्नुहोस्

 

प्रकाशित मिति: : 2023-04-22 20:53:00

प्रतिकृया दिनुहोस्