उपनिर्वाचन : काँग्रेस–एमालेलाई पत्तासाफ पार्ने रवि–वाग्लेको काइदा के? (भिडियाेसहित)

बैशाख १० गते देशका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भयो। तनहुँ १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनमा अन्तिम मत परिणाम सार्वजनिक भइसकेका दुई निर्वाचन क्षेत्र (तनहुँ १ र चितवन २)मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को दबदबा देखियो।

दुबै निर्वाचन क्षेत्रमा रास्वका उम्मेदवार तनहुँ १ बाट डा. स्वर्णिम वाग्ले र चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने विजयी भए। त्यसमा पनि भारी मतान्तरका साथमा उनीहरु विजयी भएका छन्।

वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे। तेस्रो भएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले मात्र ८ हजार ४८८ मत प्राप्त गरेका छन्।

उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको समयमा काँग्रेस पार्टी परित्याग गर्दै रास्वपा छिरेका डा. वाग्ले अन्तत भारी मतका साथ विजयी भएर संसदमा छिरेका छन्। उनी विजयी हुँदै गर्दा तनहुँ १ मा काँग्रेस र एमालेले भने जनमत गुमाएको छ।

गएको मंसिर ४ गतेको आम निर्वाचनमा तनहुँ १ बाट नेपाली काँग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३१८ मत ल्याएर विजयी भएका थिए। यस पटक पाँच हजार मत गुमाउँदै काँग्रेसबाट उम्मेदवार भएका भट्टराईले २० हजार १२२ मत ल्याए।

यस्तै तनहुँ १ मा एमालेले भारी जनमत गुमाएको छ। मंसिर ४ मा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएर दोस्रो भएका थिए। अहिले एमालेले करिब ११ हजार मत गुमाएको छ। एमालेबाट उम्मेदवार भएको खनालले मात्र ८ हजार ४८८ मत पाएपछि एमालेको ग्रासरुट अभियानले समेत फेल खाएको छ।

यस्तै चितवन २ मा यस पटक रवि लामिछानेले मत बढाएका छन् भने अन्य उम्मेदवारसँग मतान्तर पनि बढाएका छन्। मंसिर ४ मा भएको आम निर्वाचनमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी हुँदा यस पटकको उपनिर्वाचनमा उनको मत बढेर ५४ हजार १७६ पुगेको छ। 

चितवन २ मा पनि काँग्रेस र एमाले जनमत गुमाएको देखिन्छ। मंसिर ४ मा काँग्रेसबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत प्राप्त गर्दै दोस्रो भएका थिए। यस पटक यो मत गुमाएर काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे। 

यस्तै एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत प्राप्त गर्दै तेस्रो भएकोमा यस पटक थप जनमत गुमाउँदै १० हजार ९६३ मा खुम्चिएका छन्। 

यो समाचार तयार पार्दासम्म बारा २ मा भने मत गणना जारी रहेको छ। तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा निकै बलियो देखिएको रास्वपा बारा २ मा भने निकै कमजोर देखिएको छ। रास्वपाका उम्मेदवार रमेश खरेल प्राप्त मत परिणामअनुसार बारा २ मा चौथो नम्बरमा छन्। यस क्षेत्रमा भने रास्वपालाई जनताले नरुचाएको प्राप्त मतबाट पनि प्रष्ट देखिन्छ।

 तर तनहुँ १ र चितवन २ मा ठूला भनिएका दल काँग्रेस–एमालेलाई पत्तासाफ पार्ने रास्वपाका उम्मेदवार लामिछाने र वाग्लेकाे काइदा के? व्यक्तिको पपुलारिटी कि रास्वपाको एजेण्डा? किन बारामा रास्वपा कमजोर देखियो? लगायत विषयको जवाफ खोजेका छौँ।

बिएल नेपाली सेवाका लागि रास्वपाका विकास योजना तथा नीति तर्जुमा विभागका सदस्य ई.विशाल अधिकारीसँग कुराकानी गरेका छौँ। उनी निर्वाचन प्रचार–प्रसारका लागि नतहुँ १ र चितवन २ मा समेत पुगेका थिए। प्रस्तुत छ ई. अधिकारीसँग बिएल संवादाता टोपेन्द्र रोका मगरले गरेको कुराकानी सम्पादित अंशः

प्रकाशित मिति: : 2023-04-25 22:00:00

प्रतिकृया दिनुहोस्