लुम्बिनीकाे मुख्यमन्त्रीमा काँग्रेसका चाैधरी नियुक्त

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन्।

नेकपा (माओवादी केन्द्र)सहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो।

नवनियुक्त मुख्यमन्त्री चौधरीले शपथ भने शुक्रबार हुने मुख्यमन्त्रीकाे कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-04-27 19:00:00

प्रतिकृया दिनुहोस्