नेपाली कांग्रेसको १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन: यी हुन् अछाम-१ बाट विजयी महाधिवेशन प्रतिनिधि

File Photo
File Photo

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार अछाम क्षेत्र नम्बर १ मा भएको मतदानको परिणाम सार्वजनिक भएको छ। महाधिवेशन प्रतिनिधिको खुलातर्फ सबैभन्दा बढी मत ल्याएर वर्तमान पार्टी सभापति भरतकुमार स्वाँर विजयी भएका छन्। उनले ४६१ मत प्राप्त गरेका छन्।

दोस्रोमा नेवि संघ अछामका अध्यक्ष युवा नेता नृपबहादुर साउद ४५३ मत ल्याएर विजयी भएका छन्। उनले पूर्व मन्त्री गोविन्दबहादुर शाहलाई पछि पारेका हुन् ।तेस्रो स्थानमा भने पूर्व मन्त्री शाह छन्। उनले ४३० मत प्राप्त गरेका छन्। 

पूर्व पार्टी सभापति मेघराज खड्काले चौथो नम्बरमा ४२८, पाचौँमा राजन कुवँरले ४१६, टिकाराम खनाल ३८८, भक्त ठकुल्ला ३६०, कृष्ण कुवँर ३४१, राजेन्द्रबहादुर शाह, ३३८ र राजेन्द्र कुवँरले ३०० मत प्राप्त गरेर विजयी भएका छन्।

यस्तै, महिला खुल्लातर्फ सबैभन्दा बढी अनुराधा स्वाँरले ४६८, दोस्रोमा भुवनेश्वरी शर्मा ४२९, तेस्रोमा माया कुवँर ३७३ र चौथोमा लक्ष्मी शाहले ३४६ मत प्राप्त गरेर विजयी भएका छन्।

खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी ४ सय ९ मत ल्याएर तपेन्द्र खड्का बिजयी भए। यस्तै, दोस्रोमा जयन्द्र बहादुर स्वाँर ३६४, तेस्रोमा पूर्व आईजिपी मोतिलाल बोहरा ३४१ र चौथोमा हर्षप्रसाद भट्ट १७९ मत ल्याएर विजयी भएका छन्।

यस्तै, खस आर्य महिलातर्फ सबैभन्दा बढी ४१८ मत ल्याएर अप्सरा कुवँर विजयी भइन् भने दोस्रोमा भगवती खनाल ४०९ मत र तेश्रोमा मीरादेवी खड्का २९० मत ल्याएर विजयी भएका छन्।

यस्तै, दलिततर्फ खुलामा सबैभन्दा बढी ४५४ मत ल्याएर अर्जुन ताम्राकार विजयी भए भने दोस्रोमा डम्बरबहादुर सुनार ३५३ मत ल्याएर विजयी भएका छन्। दलित महिलातर्फ रुपा आउजी ४१५ मत ल्याएर विजयी भएका छन्। ६ मंसिरमा भएको निर्वाचनमा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि १३ मंसिरमा पुनस् मतदान भएको हो। जम्मा ७६४ मतदाता मध्ये ७१४ मत खसेको थियो। क्षेत्रीय कार्य समितिको मतगणना भइरहेको निर्वाचन समितिका झनकराज जोशीले बताए। 

प्रकाशित मिति: : 2021-11-30 14:36:00

प्रतिकृया दिनुहोस्