बुटवलमा पुगेर मुख्यमन्त्री चौधरीको लिए सपथ, विना विभागीय तीन मन्त्री नियुक्त

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली चौधरीले स्थायी राजधानी दाङबाट सपथ नलिएर बुटवलमा पुगेर सपथ ग्रहण गरेका छन्।

बिहीबार (हिजो) संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका चौधरीले आज बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा पुगेर सपथ ग्रहण गरेका हुन।

काँग्रेस नेता चौधरी दाङ निवासी हुन्। उनले बुटवलमा पुगेर सपथ लिएपछि विभिन्न टिकाटिप्पनीसमेत हुन थालेको छ। यसअघि एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले प्रदेशको स्थायी राजधानी दाङमा नै सपथ ग्रहण गरेका थिए।

यसैबीच तीन मन्त्रीले पनि सपथ लिएका छन्। सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा मिल्न नसक्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीको रुपमा रुसपथ लिएका हन्।

विना विभागीय मन्त्रीमा माओवादीबाट धनबहादुर मास्की, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले सपथ लिएका छन्।

७८ सदस्यीय लुम्बिनी प्रदेशमा स्वतन्त्रसहित ५३ जना सरकारमा छन् भने ३३ जना सांसद विपक्षमा रहेका छन्।

प्रकाशित मिति: : 2023-04-28 12:59:00

प्रतिकृया दिनुहोस्