एसीसी प्रिमियर कप: युएईले दियो नेपाललाई ११८ रनको सामान्य लक्ष्य

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको फाइनल खेलमा युएईले नेपालाई ११८ रनको लक्ष्य दिएको छ। 

सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षाका कारण स्थगित भएपछि खेल आज पुन सुचारु भएको हो। सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३३.१ओभरमा अलआउट भएर ११७ रन बनायो।

युएईका लागि मोहमद वासीम ८ बलमा ११ रन जोडेर आउट भएका थिए। त्यस्तै, युएईका लागि भृत्य ९ बलमा ८ रन बनाएर आउट भए भने आर्यन लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए।

त्यस्तै युएईका लागि रमिज शेहजाद ५ बलमा १ रन बनाएर आउट भए भने रोहन मुस्ताफा १५ बल खेल्दा २ रन बनाएर आउट हुन पुगे।

यता नेपालका ललित राजवंशीले कुशल्ल मल्लको हातबाट युएईका जुनैद सिद्धिकी आउट पारे। ललितले नेपालका लागि चार विकेट लिए। त्यस्तै,नेपालका  लागि सन्दीप लामिछाने र करण केसी समान दुई-दुई विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिए।  

प्रकाशित मिति: : 2023-05-02 08:47:00

प्रतिकृया दिनुहोस्