एसीसी प्रिमियर कप: नेपालाई तेस्रो झटका, रोहित आउट

एसीसी प्रिमियर कपको फाइनलमा नेपालका कप्तान रोहित कुमार पौडेल १ रन बनाएर आउट भएका छन्।

रोहितलाई युएईका रोहन मुस्ताफाले आउट गरे। उनी ९ बलमा १ रन बनाएर आउट हुन पुगे। यसअघि रोहनले नेपालका ओपनर कुशल भुर्तेललाई पनि आउट गरेका थिए। नेपालले हालसमम तेस्रो विकेट गुमाइसकेको छ। नेपालका ओपर आसिफ शेख ८ रन बनाएर आउट भएका छन्।

नेपाल अहिले ८.२ ओभरमा २२ रन बनाएर तीन विकेट गुमाएर खेलीरहेको छ।

प्रकाशित मिति: : 2023-05-02 10:11:00

प्रतिकृया दिनुहोस्