खुल्यो सगरमाथाकाे आरोहण रुट !

photo: imagine nepal
photo: imagine nepal

लामो प्रतीक्षापछि यस वर्ष (२०२३)को स्प्रिङ सिजनको लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण रुट खुलेको छ।

शनिबार दिउँसोको १:५२ बजे सगरमाथा चुचुरोसम्मको आरोहण रुट खुलाउन रोप फिक्सिङ टिम सफल भएको इम्याजिन नेपालका प्रवन्ध निर्देशक मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन्।

यो सँगै सगरमाथा आरोहणको यात्रा खुला हुने भएको छ।

सगरमाथा आरोहणमा क्याम्प– २ (६४०० मि)भन्दा माथिको रुट फिक्सिङको व्यवस्थापन एक्स्पिडिसिन अपरेटर एसोसिएसन (इओएले) गर्दै आएकको छ। वेस क्याम्पदेखि क्याम्प– २ सम्मको रुट खुलाउने जिम्मा भने सगरमाथा प्रदूषण नियन्त्रण समितले गर्दछ।

यो वर्षको रुट फिक्सिङको जिम्मा इम्याजिन नेपालले लिएको थियो। यस वर्ष प्रतिकुल मौसमको कारण काम गर्न कठिनाइ हुँदा केही ढिला भएको छ।

यस वर्ष सगरमाथा आरोहणका क्रममा भोगेका भावनात्मक, शारीरिक र मानसिक चुनौतिहरूको बाबजुद रुट फिक्सिङ गर्न सफल भएको इम्याजिन नेपालले जनाएको छ। टोलीले सगरमाथा आरोहणको तेस्रो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।

आइएफएमजिए गाइड दावा ग्याल्जे शेर्पाको नेतृत्वमा र मिङ्माको संयोजनमा रहेको उक्त समूहले सगरमाथाको चुचुरोमा डोरी फिक्स गर्ने चुनौतीपूर्ण कार्य सम्पन्न गरेको छ।

‘प्रतिकुल मौसमका बावजुद टोलीको कडा परिश्रम र समर्पणलाई १३ मे २०२३ को दिन दिउँसो १ः५२ बजे तिनीहरू विश्वको सबैभन्दा अग्लो हिमालको शिखरमा पुगेका छन,’ इम्याजिन नेपालले सूचनामा उल्लेख गरेको छ।

इम्याजिन नेपालकाअनुसार रोफिक्सिङ टोलीमा अनुभवी शेर्पाहरूको सदस्य समावेश थिए। टोलीमा रोल्वालिङबाट दावा ग्याल्जे शेर्पा (टिम लिडर)सहित नेपाली माउन्टेन गाइडहरु निमा नुरु शेर्पा (थामे), लाक्पा सोना शेर्पा (थामे), दिपेन गुरुङ (संखुवासभा), पासाङ ङिमा शेर्पा (फोर्तसे), लाक्पा तेन्जिङ शेर्पा (थामे), फुर गलजेन शेर्पा (थामे), दावा जाङ्बु शेर्पा दावा जाङ्बु (शेर्पा) र सुमन गुरुङ (फोटोग्राफर) गोरखाका थिए।

पर्यटन विभागकाअनुसार स्प्रिङ सिजनमा सगरमाथा आरोहणको लागि ४ सय ६६ जनाले आरोहण अनुमति लिएका छन।

प्रकाशित मिति: : 2023-05-13 15:32:00

प्रतिकृया दिनुहोस्