अटोरिक्सा र मोटरसाइलक ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

Photo : Omprakash Gupta
Photo : Omprakash Gupta

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका– ३२ वर्षीय किरण रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए।

आइतबार दिउँसो साढे १ बजे राप्ती गाउँपालिका– ४ श्रीनगर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र रा १ ह ५६०१ नम्बरको अटो रिक्सा ठोक्किएका थिए। अटो र मोटरसाइकल ठोक्किदा अटो चालक रोकाको मृत्यु भएको हो।

यस्तै अटोरिक्सामा सवार घोराही– १८ मसिना बस्ने ५० वर्षीया डिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका– ३ का ३३ वर्षीय द्रोण चौधरी र मोटरसाइकल पछाडि बसेका राप्ती– ३ बस्ने ३० वर्षीय सुन्दर चौधरी घाइते भएका छन्।

प्रकाशित मिति: : 2023-06-04 18:54:00

प्रतिकृया दिनुहोस्