ललितपुरका सडक सीसीटिभीको निगरानीमा (भिडियोसहित)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिका र जिल्ला प्रहारी परिसर जावलाखेलबीच सीसीटिभी जडान तथा सञ्चालन गर्ने सम्झौता भएको छ।

सोमबार ललितपुर महानगरपालिकामा भएको एक कार्यक्रमकामा मेयर चिरीबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

ललितपुरले गत वर्षदेखि महानगरपालिकालाई स्मार्ट सिटी बनाउने, स्मार्ट लाइट तथा सीसीटिभी जडान गर्ने नीति लिएको मेयरले बताए। उनले सीसीटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा पनि महानगर प्रहरीले सहयोग गरेको सुनाए।

‘हामीले बल्खुदेखि एकान्तकुनासम्म सीसीटिभी व्यवस्थापन गरिसकेका छौँ। यसले सुरक्षाको सन्दर्भमा महानगरले प्रहरी परिसरसँग विभिन्न सीसीटिभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण काम भएको छ र सँगै काम गर्दै आइरहेका छौँ।’ उनले भने।  

प्रकाशित मिति: : 2023-06-15 20:49:00

प्रतिकृया दिनुहोस्