दाङबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना: १० जना घाइते, चार जना गम्भीर

सांकेतिक तस्बिर

दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शुक्रबार बिहान करिब १० बजे तुलसीपुरबाट रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर–३ लाहुरेचौर भन्ने ठाउँमा दुर्घटनामा परेको हो। 

जीप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुषालले जानकारी दिए। घाइते १० जनालाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ।

जीप सडकबाट करिब ४० मिटर तल खसेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: : 2023-06-16 11:37:00

प्रतिकृया दिनुहोस्