‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बाह्रखरी
टोलका सोल्टा–सोल्टी पर्ने साना ठिटा–ठिटीहरूले बिहानैदेखि फुच्चुक्कामा रङ भरेर लुकीलुकी सबुरीलाई रङ छ्यापिरहेका थिए। उनले पनि बाल्टिनमा रङ घोलेर राखेकी थिइन्। ती सोल्टा–सोल्टीलाई उनले लुकेर रङ घोलिएको पानी लोटाले फाल्दै छ्यापिरहेकी थिइन्।
दिउँसो, रङ घोलिएको एक बाल्टिन पानी सबुरीको जिउमा खन्याउँदा लगाएको कुर्था–सलवार उनको जिउमा पूरै टाँस्सियो। सलक्क परेको जिउ, पेटभन्दा माथि उचालिएर मिलेका छाती, बलिष्ट हात–खुट्टा, लाम्चो–गोलो अनुहार, छिनेको कम्मर भएकी उनी हत्पत् कुर्ता मिलाउँदै जतिसक्दो पछ्यौरी फैलाउँदै पुष्ट छातीहरू छोपिरहेकी थिइन्। अगाडि–पछाडिको कम्मरमुनिको भागतिर उनी कुर्था फिँजाउँदै, ‘भेलै’ भन्दै सोल्टाहरूलाई रङ नखन्याउन आग्रह गरिरहेकी थिइन्।
तर, दिदीको गाउँका छ/सातजना देवरहरू अर्थात् सोल्टाहरू मिलेर उनलाई रङ, पानी छ्यापिरहेका थिए। उनी नाइँ भन्दै छट्पटाइरहेकी थिइन्। तर पनि उनलाई रङ छ्यापेर केटाहरू आनन्द उठाइरहेका थिए।
उनको कपाल र अनुहार सातै रङले भिज्यो। उनको कम्मरमुनिको पछाडिको भाग र अगाडि छातीमा कुर्था यसरी टाँस्सिएको थियो कि उनी एउटा मूर्तिझैँ देखिएकी थिइन् !
सबैले उनलाई रङ छ्याप्दै गर्दा टोलकै एक सोल्टा सुन्दरले पछाडिबाट उनको छातीमा दुवै हात राख्दै उनलाई च्याप्प समात्दै भने, “ले... हम साइर के पकरै चियौ। तोरौ के रङ दहै।” उनले सबुरीलाई अँठ्याएर अरू केटाहरूलाई उनको अनुहार र जिउमा रङ छ्याप्न अह्राए।
उनको स्पर्श सबुरीलाई नराम्रो लाग्यो। पहिलोपटक केटा मान्छेले उनको छाती स्पर्श गर्दा उनलाई आक्रोश पैदा हुनुका साथै अनौठो अनुभव भयो। केटाहरू चारैतिरबाट उनलाई रङले नुहाइरहेका थिए। सुन्दरले यति कसेर सबुरीलाई समातेका थिए कि उनी हलचल गर्न सकिरहेकी थिइनन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया