प्रेममा धोका पाएकी करिश्मा कपूर (फोटोफिचर)

photo–karishma Kapoor
photo–karishma Kapoor

बलिउडकी चर्चित अभिनेत्री हुन्, करिश्मा कपूर। उनी रणधीर कपूर र बबिताकी छोरी हुन्। जो बसलउडका चर्चित कलाकारको रुपमा स्थापित छन्। 

आफ्नो कलाले दर्शकलाई लोभ्याउने उनले एक राष्ट्रिय चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार सहित धेरै प्रशंसा प्राप्त गरेकी छिन्।

 आफूले गरेको अभिनयले दर्शकलाई मनोरन्जन गरेकी उनको कयौँ पटक मन टुटेको छ। उनको नाम बलिउडका चर्चित अभिनेताहरूसँग नाम जोडिएको थियो। 

अजय देवगन, सलमान खानसँग अफेयरमा रहेकी उनको अभिषेक बच्चनसँग पनि नाम जोडिएको थियो। अभिषेककी बहिनी श्वेता बच्चनको विवाहमा यी दुईको भेट भएको थियो, जो निखिल नन्दासँग विवाह गर्दै थिइन्। 

त्यहीँ विवाहमा भेटेका उनीहरू विस्तारै नजिकिन थाले। र सन् २००२ को अक्टोबरमा अमिताभको ६० औं जन्मदिनमा अभिषेक र करिश्माले इन्गेजमेन्ट गरे। जया बच्चनले करिश्मालाई बुहारी समेत घोषणा गरेकी थिइन्। 

त्योबेला करिश्मा आफ्नो करियरग्राफको शीर्षस्थानमा थिइन् भने अभिषेकले आफ्नो फिल्मी करियरमा डेब्यू गर्न लागेका थिए। अझ रोचक कुरा त के छ भने अभिषेकको डेब्यू फिल्म करिश्माकी बहिनी करिनासँग थियो। तर, योजनाअनुसार काम हुन सकेन। 
त्यसको केही महिनापछि नै यो जोडीले इन्गेजमेन्ट तोड्यो। 

इन्गेजमेन्ट टुटेपछि करिश्माकी आमा बबितालाई लिएर निकै गसिप भएको थियो। केही अफवाहमा बबिताले नै इन्गेजमेन्ट तोड्नुको कारण भएको बताइएको छ।

अभिषेकसँग इन्गेजमेन्ट टुटेपछि उनलाई बबिताले सञ्जय कपुरसँग विवाह गर्न बाध्य पारिन्। तर त्यो विवाह पनि धेरै टिक्न सकेन र डिर्भोस भयो। आफ्नो अफेयर र विवाहका कारण चर्चामा आइरहने उनी बलिउड इन्डस्ट्रीकी सफल अभिनेत्रीमध्येकी एक हुन्। 

प्रकाशित मिति: : 2023-06-16 22:10:00

प्रतिकृया दिनुहोस्