‘गुरिल्ला अल्ट्रा ट्रेल रेस’ विजेता ओली भन्छन्– खेलाडीलाई पालिका सरकारले पनि साथ दिए हुन्थ्याे (भिडियाे)

मगर समुदायको महान पर्व भूमेको अवसरमा रुकुम (पूर्व)को भूमे गाउँपालिकाले आयोजना गरेको ‘गुरिल्ला अल्ट्रा ट्रेल रेस’अन्तर्गत ५२ किलोमिटरकाे दौडमा रुकुम (पश्चिम)का भुवन ओली च्याम्पियन बने। यस प्रतियोगितामा गत वर्ष सातौँ स्थानमा आएका उनी यसपटक प्रथम बनेका हुन्।

गाउँघरमा सामान्य उकाली-ओराली गर्दा गर्दैको तयारीले च्याम्पियन बनेका उनी राज्यले खेलाडीको लागि राम्रो व्यवस्था गरिदिए थप उपलब्धी गर्न सकिने बताउँछन्। उनी आफैंलाई थाहा छैन खेलकुदमा संघर्ष गर्दा गर्दै कुन दिन हरियो पासपोर्ट बोकेर विदेश जानुपर्ने हो। यद्यपि, म्याराथनमा आफ्नो भविष्य र सपना देख्ने उनै ओलीसँग बिएल संवाददाता रविन पुन मगर (आइडु)ले कुराकानी गरेका छन्।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


बिजेता बन्नु भयो कस्तो लागि रहेको छ ?

राम्रै। त्यस्तो केही भएको छैन।

तयारी कहिलेदेखि गर्नुभएको थियो ?

एक महिनाअगाडिदेखि तयारी गरिरहेको थिएँ।

तपाईं रुकुम (पश्चिम)को हुनु भयो त्यता के छ डाँडाकाँडा जाने काम गर्ने त होला नि ?

हजुर, त्यस्तातिर हाम्रो तल माथि भन्ने हुन्छ। कहिले तल कहिले माथि हिँडिरहनुपर्छ।

खेलकुदमा कहिलेदेखि लाग्नु भएको हो नि ?

भर्खर एक साल जति भयो।

यो तपाईंको कतियौँ रनिङ हो ?

यो त सेकेण्ड हो।

यहीँ ठाउँमा ?

हजुर

यो भन्दा पहिलाको प्रतियोगितामा तपाईंको स्थान के थियो ?

त्यतिखेर म सातौँ स्थानमा आएको थिएँ।

त्यो सातौँबाट पहिलो बन्न कति मिहेनत गर्नु पर्ने रहिछ ?

गत साल पनि यति बेला नै भएको थियो। अहिले पनि यतिबेला नै हुन्छ होला भनेर त्यही अनुसार तयारी गरेँ।

बाल्यकाल कस्तो थियो ?

गाउँमा हुर्कियो। स्कुल पढ्दा राष्ट्रपति रनिङ सिल्ड हुन्थ्यो। त्यसमा दौडियो, त्यहीँबाट सुरु भयो।

पहिला सातौँ हुँदाको कोसिस र अहिले कस्तो मिहेनत लाग्यो ?

उस्तै हो।

समस्याहरु के–के देख्नु भयो ?

चेक पोइन्ट त्यस्तो राम्रो देखिएन।

यो ठाउँमा तपाईंहरु त आउनुभयो नै, यस्तै विदेशी खेलाडी पनि यहाँ भित्र्याउन के गर्नुपर्ला ?

बाटो त्यति राम्रो रहिन्छ, बाटो बनाउनुपर्छ। अनि बल्ल बाहिरबाट मानिस आउलान्।

यो प्रतिस्पर्धा हुँदैछ भनेर कसरी थाहा पाउनु भयो ?

फेसबुक।

हाम्रा खेलाडीलाई अझै देश विदेशमा पुग्न सक्ने गरी विकास गर्न के गर्नुपर्ला ?

खेलाडीहरुको राम्रो व्यवस्था गरिदिए हुन्छ।

सुरुवाती दिनहरु र अहिले बिजेता हुँदाको दिनलाई कसरी लिनुभएको छ ?

त्यतिखेर र अहिलेमा धेरै फरक छ।

परिवारले सपोर्ट गर्नुहुन्छ ?

हजुर, गर्नुहुन्छ।

यो क्षेत्रमा कस्तो सपना देखिरहनु भएको छ ?

राम्रोसँग तालिम गरेर राम्रो खेलाडी बन्न पाए हुन्थ्यो जस्तो लाग्छ।

स्थानीय तहहरुले के गरिदिए राम्रो हुन्थ्यो होला ?

पालिका सरकारले पनि खेलाडीहरुलाई केही गरिदिए हुने थियो जस्तो लाग्छ।

...अनि हिम्मत आयाे छाेरी मान्छेले पनि केही गर्न सक्छन् भनेर (भिडियाे)

भिडियाे :

प्रकाशित मिति: : 2023-06-20 12:01:00

प्रतिकृया दिनुहोस्