लागुऔषधसहित १२ जना पक्राउ

शनि शाक्य

काठमाडौं

लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा पक्राउ परेका उनीहरूलाई शुक्रबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मन नागरिक पाउल रेष्ट, चितवन घर भएका २९ वर्षीय महेश चौधरी र काठमाडौँको चन्द्रागिरी घर भएका सुगम मैनाली रहेका छन्।

त्यसैगरी ठमेलबाट इटालियन नागरिक डेभिड मिनादेओलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक जोशीले जानकारी दिए। इटालिनय डेभिडको साथबाट प्रहरीले १ हजार ९८ थना एलएसडी स्टिकर, ३८ ग्राम एम्फेटामाइन र ६ ग्राम चरेश बरामद गरेको छ। 

त्यसैगरी धादिङ घर भएका ४२ वर्षीय दावा तामाङ र ३३ वर्षीय नर बहादुर तामाङलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४५० मिलिग्राम मेथाम फेटामाइन बरामद गरेको छ।

पक्राउ परेका उनीहरूको साथबाट एक लाख ३९ हजार भारतीय रुपैयाँ, सात सय यूरोसमेत बरामद गरिएको ब्यूरोले जनाएको छ। 


 

प्रकाशित मिति: : 2023-06-23 13:26:00

प्रतिकृया दिनुहोस्