‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
डा. प्रदीप भट्टराई
अमेरिका यतिबेला ठूलो विश्वासको संकटमा फसेको छ । निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र बर्तमान राष्ट्रपति जो बाइडन दुबै गोप्य सरकारी दस्ताबेजहरूको दुरूपयोग घटनासँग जोडिएर छानबीनको घेरामा तानिएका छन् ।
केही समयअघि ट्रम्पको फ्लोरिडास्थित निजी निबासमा उनी राष्ट्रपति हुँदाका गोप्य सरकारी दस्ताबेजहरू बाकसका बाकस बरामद भएका थिए । अहिले बाइडनका निजी कार्यालय र घरहरूमा उनी उपराष्ट्रपति हुँदाका त्यस्तै गोप्य सरकारी दस्ताबेज बरामद हुन थालेका छन् ।
यी गोप्य दस्तावेजहरू कानुनत: राष्ट्रिय अभिलेखालयमा हुनुपर्ने हो तर तिनीहरू निजी निबासमा भेटिएपछि ट्रम्प र बाइडन दुबै अनुसन्धानको घेरामा तानिएका हुन् ।
गोप्य दस्ताबेज राम्ररी नसम्हालेको आरोपमा दुबैलाई छानबिनको दायरामा ल्याइएको हो। अमेरिकाका बर्तमान र निवर्तमान दुबै राष्ट्रपति यस्तो गम्भीर मुद्दामा एकसाथ छानबिनमा परेको यो नै यस्तो पहिलो परिघटना हो ।
अमेरिका आफूलाई एक मात्र महाशक्ति राष्ट्र ठान्छ तर यही महाशक्ति राष्ट्रका सुरक्षासँग सम्बन्धित दस्तावेजहरू यसरी असुरक्षित हुनु निश्चय पनि स्वभाविक घटना हैन। त्यसमाथि पनि निबर्तमान र बर्तमान राष्ट्रपति नै यसरी छानबिनमा पर्नु एक किसिमको लज्जाको विषय पनि हो ।
अझ गजबको कुरा त के छ भने राष्ट्रपति बाइडनमाथि उनकै महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन्। बाइडनको आफ्नै सरकारले आफूमाथि नै छानबिन गरिरहेको छ।
ट्रम्प त निबर्तमान राष्ट्रपति हुन्, उनीमाथिको छानबीन त निस्पक्ष नै होला भनेर विश्वास गर्न सकिएला । तर, बाइडन त बर्तमान राष्ट्रपति हुन्, उनीमाथिको छानबीन कसरी विश्वसनीय होला ? अमेरिका अहिले यही प्रश्नमा आइपुगेर जाम भएको छ । यद्यपि, छानबिनलाई विश्वसनीय बनाउँन पूर्वराष्ट्रपति ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरले बाइडनमाथि अनुसन्धान गर्नेछन् । अमेरिकामा स्वार्थ बाझिने देखिएका विषयमा छानबिन गर्न अमेरिकी न्याय मन्त्रालयले फरक पृष्ठभूमीका विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने चलन छ।
केही समयअघिसम्म ट्रम्पमाथि छानबीन हुँदा अमेरिकाको डेमोक्रेट्स बृत र उनीहरूलाई समर्थन गर्ने मिडियाहरू काँखी बजारिरहेका थिएँ, स्याल हुइँया गरिरहेका थिए । अहिले बाइडन पनि त्यही घानमा मुछिएपछि उनीहरूको बोल्ती बन्द भएको छ । अब रिपब्लिकङनबृत र दक्षिणपन्थी मिडियाहरूको आवाज ठूलो भएको छ । हुन पनि हो, मौका पाउँदा कस्ले छोड्छ र ?
अमेरिकाको बहालवाला राष्ट्रपति नै यस्तो संगीन आरोपमा अनुसन्धानको घेरामा पर्नु निश्चित पनि राम्रो हैन । यसले राष्ट्रपति बाइडन त राजनीतिक रूपमा अप्ठ्यारोमा परेकै छन्. उनको डेमोक्रेटिक पार्टी पनि रक्षात्मक हुन बाध्य भएको छ ।
अमेरिकाको यो पछिल्लो अवस्था देख्दा लाग्छ, राजनीतिको मूलचरित्र जहाँ पनि एउटै हुन्छ । नेताको ल्याकत र नियतमाथि शंका गर्नुपर्ने /प्रश्न ठड्याउनुपर्ने दिन आउँदो रहेछ ।
आमसञ्चारमा एउटा बहुचर्चित भनाइ छ, विश्वसनियता र कुमारीत्वमा एउटा समानता छ, त्यो के भने दुबै एकैपटकमा तोडिन्छन् । यसलाई महिला संवेदनशीलतासँग नजोडौ, मात्र विश्वसनियता कति महत्वपूर्ण हुनेरहेछ भन्ने कोणबाट मात्र हेरौं ।
अहिले अमेरिका त्यस्तै विश्वसनियता गुमेको अवस्थाबाट गुज्रिन थालेको छ । निवर्तमान र बर्तमान दुबै राष्ट्रपति यस्तो संगीन आरोपमा छानबीनको दायरामा आउनु सामान्य कुरा हुँदै हैन, यो एक असामान्य परिघटना हो ।
हेरौ, समयक्रममा यी परिघटनाहरूको पटाक्षेप कसरी हुन्छ ? आशा गरौ, छानबीन प्रभावित हुने छैन, दूधको दूध पानीको पानी छुट्टिने छ ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया