कर्मचारी कुट्ने वडाध्यक्ष पक्राउ

सांकेतिक तस्बिर

दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेका छन्। शुक्रबार बिहान करिब साढे ११ बजे वडाध्यक्ष वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

वडाध्यक्ष वलीले बिहीबार शान्तिनगर गाउँपालिका कार्यालयका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोप छ। कुटपिट गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। 

उनलाई म्याद थपका लागि अदालतमा लग्ने तयारी भइरहेको छ। 

याे पनि

दाङमा वडाध्यक्षले कुटे कर्मचारी !

प्रकाशित मिति: : 2023-06-23 13:27:00

प्रतिकृया दिनुहोस्