अमेरिकी बलर फिलिप अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बित

गत आईतबार आईसीसी विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै आईसीसीले अमेरिकाका बलर काइल फिलिपलाई अन्तराष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ।

२६ वर्षिय फिलिपको अवैध बलिङ एक्सनविरुद वेष्ट इन्डिजले बलिङ एक्सनमा रिपोर्ट गरेको थियो। रिपोर्ट दर्ता भएपश्चता आइसिसीको प्यानलले उनले अवैध भएको ठहर गरेर अन्तराष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको हो। आईसीसीको नियमको धारा ६.७ अनुसारलाई उनलाई अन्तराष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

फिलिपले वेष्ट इन्डिजविरुदको खेलमा तीन विकेट लिएका थिए। अमेरिका नेदरल्यान्ड्ससँग पाँच विकेटले पराजित हुँदे छनोट प्रतियोगिताबाट बाहिरेको छ।

प्रकाशित मिति: : 2023-06-23 16:00:00

प्रतिकृया दिनुहोस्