उत्तर इजिप्टमा भवन भत्किँदा कम्तीमा ४ जना घाइते

इजिप्टको तटिय शहर अलेक्जान्ड्रियामा सोमबार एउटा १३ तले आवासीय भवन भत्किँदा कम्तिमा चार जना घाइते भएको बताइएको छ। त्यसैगरी दुर्घटनामा अरु थुप्रै भग्नावशेषमुनि फसेका छन्।

उद्धार टोलीहरू भग्नावशेष हटाउन र जीवित व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगिसकेको अलेक्जान्ड्रियाका गभर्नर मोहम्मद ताहेरले राज्य सञ्चालित नाइल टिभीलाई बताएका छन्।

सो भवनमा सामान्यतया गर्मीको समयमा छुट्टी मनाउनेहरू जाने गर्दछन्। गभर्नरले भवन जीर्ण भएको र माथिल्लो तलालाई सुरक्षाका कारण भत्काउन आवश्यक रहेको र पूरै भवन परीक्षणको प्रक्रियामा रहेको  पनि बताएका छन्। 

स्वास्थ्य मन्त्रालयका अधिकारीले नाइल टिभीलाई बताएअनुसार घाइतेहरूलाई नजिकैका सरकारी अस्पतालहरूमा  पुर्याउँन १० वटा एम्बुलेन्स पठाइएको थियो। बेपत्ताहरुको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन।

 भवन भत्किएपछि आगलागी  भएकाले जिकैका दुईवटा भवन खाली गराइएको छ।

प्रकाशित मिति: : 2023-06-27 05:28:00

प्रतिकृया दिनुहोस्