अर्थमन्त्री मास्कीले गरे विकासे योजनाको अनुगमन

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङ देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन्।

आइतबार मन्त्री मास्कीले राप्ती गाउँपालिका– २ स्थित कटाहाघाटमा निर्माण हुन लागेको फोहाेर मैला व्यवस्थापनस्थलको अनुगमन गरेका हुन्। ३० लाखको लागतमा निर्माण भइरहेको उक्त आयोजनाको निर्माण भइरहेको छ।

यस्तै मन्त्री मास्कीले गढवा गाउँपालिका– ४ स्थित खैराघाटको तटबन्धनको पनि अनुगमन गरे। तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको छ। खैराघाटमा तटबन्धन नहुँदा नागरिकले वर्षामा सास्ती भोग्दै आएका थिए।

मन्त्री मास्कीले गढवा गाउँपालिकास्तरीय कोल्ड स्टोरको पनि अनुगमन गरे। गढवा– ३ मा कोल्डस्टोर निर्माण भइरहेको छ।

प्रकाशित मिति: : 2023-07-10 18:53:00

प्रतिकृया दिनुहोस्