अमिताभ बच्चनसँग नाम जोडिएकी रेखा (फोटोफिचर) 

photo: vogue
photo: vogue

बलिउडकी चर्चित अभिनेत्री हुन्, रेखा। जो आफ्नो अभिनय करिअरको पाँच दशकमा १६० भन्दा बढी चलचित्रहरूमा देखा परिन्। उनी आफ्नो सहज अनुग्रह, आश्चर्यजनक सुन्दरता र बहुमुखी अभिनय प्रदर्शनको लागि चिनिन्छिन्। 

सन् १९७० की शीर्ष अभिनेत्री उनले कयौँ शीर्ष बलिउड अभिनेताहरूसँग काम गरिन्। उनी उमराव जान, सिलसिला, खुबसुरत, अनुमति, मुकद्दरका सिकन्दर, नमक हराम, घर र प्यार की जीत जस्ता केही उच्च श्रेणीका फिल्महरूमा देखा परेकी थिइन्। 

उनी बलिउडकी विवादित अभिनेत्री पनि हुन्। जो आफ्नो जिन्दगी, अफेयर र विवाहको कारण चर्चामा आइन्। अहिलेपनि उनको अफेयरको कारण चर्चा हुन गर्दछ। रिर्पोटका अनुसार उनको ६ जनासँग अफेयर चल्यो तर सबैभन्दा उनको नाम बलिउडका अभिनेता अमिताभ बच्चनसँग रह्यो। 

उनले कयौँ इन्टरव्यूमा आफूले अमिताभमा मनपराएको खुल्लमखुल्ला भनेकी थिइन्। तर अमिताभले कहिल्यै रेखाबारे केही बोलेनन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘सबै जना अमिताभसँग प्रेम गर्छन्, म किन गर्न सक्दिनँ? हो, म उसलाई प्रेम गर्छु।’ 

प्रकाशित मिति: : 2023-07-18 22:00:00

प्रतिकृया दिनुहोस्