बलिउडमा उदाइरहेकी मृणाल ठाकुर (फाेटाेफिचर)

बलिउड अभिनेत्री हुन्, मृणाल ठाकुर। जो मुख्यतया मराठी र तेलुगु चलचित्रका अतिरिक्त हिन्दी चलचित्रहरूमा काम गर्छिन्। उनले सन् २०१२ बाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्। 

उनले टेलिभिजन सोप ओपेरा ‘मुझे कुछ कहती...ये खामोशियाँ’ बाट डेब्यू गरेकी थिइन्। त्यसैगरी उनले ‘कुमकुम भाग्य’ मा पनि अभिनय गरिन्। जसबाट उनले आफ्नो अभिनयको चर्चा कमाइन्।

सन् २०१४ मा मराठी फिल्म ‘विट्टी दान्डू’ बाट डेब्यू गरेकी उनले बलिउडमा ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ बाट डेब्यू गरेकी हुन्। उनले ‘बाटला हाउस’, ‘जर्सी’ र ‘सुपर ३०’ जस्ता फिल्ममा काम गरिसकेकी छिन्। 

भारतीय टीभीमा दमादार अभिनय गरेर चर्चा बटुलेकी उनी पछिल्ला समय बलिउडमा चर्चित भइरहेकी छिन्। उनले सहायक भूमिकामा उत्कृष्ट अभिनेत्रीको लागि आईटीए अवार्ड जितेकी छिन्। 

लामो समय अभिनय यात्रामा लागेकी उनले ‘सीता रमम’ फिल्म हिट भएपछि आफ्नो पारिश्रमिक बढाएकी छिन्। ८५ लाख भारू लिने उनले २ करोड भारू लिने बताएकी छन्। सानो पर्दाबाट ठुलो पर्दामा उदाएकी उनै मृणालको आर्कषक तस्बिर–

प्रकाशित मिति: : 2023-08-04 20:30:00

प्रतिकृया दिनुहोस्