पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध

फाइल तस्बिर
फाइल तस्बिर

घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ। घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिएका छन्।

उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ। सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। 

प्रकाशित मिति: : 2023-08-08 09:21:00

प्रतिकृया दिनुहोस्