‘डिर्भोस’ को एक रातअघि मलाइका अरोडाले सहेको त्यो पीडा

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडमा कैयौं जोडी बन्छन्, र छुट्टिन्छन्।, त्यो साधारण कुरा हो। तर कुनै जोडी यस्तो पनि हुन्छन्, जो छुट्टिएर पनि चर्चामा आइरहन्छन्। त्यही जोडीमध्येको एक अरबाज खान र मलाइका अरोडा। 


मलाइका आफ्नो फिटनेश र स्टाइलको कारण मिडियामा छाइरहन्छिन्। त्यसैमाथि आफूभन्दा कान्छो उमेरका अभिनेता अर्जुन कपूरको प्रेम सम्बन्धले त झनै चर्चामा छिन्। आफ्नो पूर्व श्रीमान अरबाजसँग उनको २०१७ सालमा १९ वर्षको नाता टुट्यो। जसको खुलासा उनले करीना कपूरको चैट शो ‘व्हाट वीमेन वान्ट’ मा पहिलोपटक गरेकी थिइन्। उनले यो पनि बताएकी थिइन् कि डिर्भोसको एकरात अघि के भएको थियो। 

के भएको थियो त्यो रात? 

जब करीनाले मलाइकासँग आफ्नो डिर्भोसको समय साथी र अन्य मानिसहरूबाट के–कस्ता सल्ला मिलेको थियो, मलाइले भनेकी थिइन्, ‘पहिलो सल्लाह नै यही थियो कि डिर्भोस नगर। कसैले भन्दैनन् कि डिर्भोस गर। सबैभन्दा पहिलो सल्लाह त्यही थियो कि नगर। सोचेर मात्र गर।’

उनी अगाडि भनिन्, ‘डिर्भोस हुनु एक रात अगाडि घरका सबैजना एउटा कोठामा बसेका थियौं, परिवारले मलाई सोध्नुभएको थियो, के तिमी पक्का छौं? के तिमी आफ्नो फैसलामा अडिग छौं? यो कुरा मैले लामो समयदेखि सुन्दै आइरहेकी थिएँ र मलाई लाग्छ कि उहाँहरुले मेरो चिन्ता गर्नुहुन्छ।’

मलाइका आफूलाई दिएको सल्लाहबारे खुलाएकी थिइन्, ‘सबैभन्दा राम्रो सल्लाह नै मलाई मान्छेले भनेका थिए, तिम्रो निर्णयले हामी खुसी छौं। तिमी स्ट्रङ वीमेन हौं। मलाई लाग्छ कि म वास्तवमै छु पनि। जब तपाईं वैवाहिक सम्बन्धमा खुसी हुनुहुन्न भने तपाईं त्यही गर्नुपर्छ जुन काम सहज लाग्छ।’

के दोस्रो पटक सम्बन्ध गासिन्छ? 

जब मलाइकालाई दोस्रो पटक सम्बन्ध जोडिन्छ भनेर सोधिएको थियो। उनले भनेकी थिइन्, ‘अफकोर्ज। सम्बन्त्र टुटेपछि अगाडि बढ्न जरुरी छ। एक पटक कसैसँग सम्बन्ध टुटेपटि अर्को सम्बन्ध जोडन् गाह्रो छ तर असम्भव छैन।’ 

मलाइकाले डिर्भोसपछिको जीवनबारे भनेकी थिइन्, ‘पहिलो पटक तपाईं आजाद भएको महसुुस गर्नुहुन्छ। नयाँ मान्छेसँग भेट्नुहुन्छ। तपाईं खाटमा एक्लै सुत्नुहुन्छ यो पनि एक आनन्द हो।’

१९ वर्षपछि डिर्भोस 

अरबार र मलाइकाको डिर्भोस २०१७ मा भएको थियो। एक इन्टरव्यूमा अरबाजले मलाइकाको कारेमा बताएका थिए।

उनको अनुसार उसलाई थाहा छैन, पर्फेक्ट नाता के हो भनेर? उनले भनेका थिए, ‘मैले आफ्नो वैवाहिक सम्बन्धलाई बचाउनका लागि १९ वर्ष कोसिस गरें तर असफल भएँ।’

डिर्भोसपछि अरबाजले दिए मलाइकालाई १५ करोड

मलाइकाले डिर्भोसपछि अरबाजसँग १५ करोड मागेकी थिइन्। रिर्पोटको अनुसार मलाइका १० करोडभन्दा कम पैसामा सम्झौता गर्न मानेकी थिइनन्। त्यसैले अरबाजले उनलाई १५ करोड दिए। 

प्रकाशित मिति: : 2023-08-20 22:00:00

प्रतिकृया दिनुहोस्