फिल्मकाे त्याे एक दृश्यले टुट्याे सामान्था र नागा चैत्यकाे सम्बन्ध 

साउथ फिल्मकी चर्चित अभिनेत्री हुन्, सामन्था रुथ। आफ्नो दमदार अभिनय र सोन्दर्यताको कारण चर्चामा आइरहने उनी आफ्नो सम्बन्धको बारेमा पनि चर्चामा छिन्। अभिनेता नागा चैत्यसँग ‘डिर्भोस’ गरिसकेपछि उनी झनै चर्चाको पात्र बनेकी हुन्। 

आफ्नो सम्बन्ध टुटेपछि उनले कैयौं पटक खुलेर कुरा गरेकी छिन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब मेरो डिर्भोस भयो। म धेरै दुखी थिएँ। मलाई नराम्रो सोचहरू मात्र आउथ्यो तर त्यस्तो सोचबाट मैले आफूलाई बचाउनु थियो। म भाग्यमानी छु कि त्यो समय मसँग धेरै जना मानिसहरू हुनुहुन्थ्यो।’

सामन्थाले फिल्ममा देखाएकाे अश्लील दृश्यकाे कारण दुई जनाबीच खटपट भएकाे र डिर्भाेस भएकाे मीडियाहरूले बताएकाे छ। रिर्पाेटकाे अनुसार उनलाई फिल्म नगर्न भनिएकाे थियाे तर सामन्थालाई त्याे डिसिजन मजुर थिएन र डिर्भाेस भयाे। 

सामान्थाले डिर्भोसपछि आफूलाई सम्हालेर अगाडि बढेको कुरा पनि बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘जब हामी कुनै अप्ठारो ठाउँमा हुन्छौं या परिस्थितीमा फस्छौं त्यतिबृला आत्तिनु हुँदैन किनकी त्यो समय पनि जानेछ।’ 

सामन्था र नागाको विवाह

उनीहरूको विवाह सन् २०१७ सालमा भएको थियो। र उनीहरूको पहिलो भेट २०१० मा फिल्म ‘माया चेसाबे’ को सेटमा भएको थियो। त्यसपछि उनीहरूले अक्टुबर–२०२१ मा सम्बन्ध तोडेका थिए। 

चार वर्षपछि टुटेको उनीहरूको सम्बन्धबारे मीडियाले अनेकौं आरोपहरू लगाए। उनले डिर्भोसको बदलामा २०० करोड मागेको पनि बतायो तर सामान्थाले त्यो कुरालाई अस्वीकार गरिदिइन्। एजेन्सीकाे सहयाेगमा 
 

प्रकाशित मिति: : 2023-08-24 22:10:00

प्रतिकृया दिनुहोस्