पूर्व पत्निलाई रिझाउन आमिरले खानले ‘खुन’ बाट लेखेका थिए प्रेम पत्र !

पहिलाे नजरमै प्रेम

आमिर खान र रीना दत्ताको प्रेम कहानी फिल्मी बलिउड कथा भन्दा कम थिएन किनभने पूर्व जोडी उनीहरू कुनैबेला छिमेकी थिए। र, एक अर्कालाई झ्यालबाट निल्यार्थे। उनीहरूकाे त्याे हर्कतले १९६८ मा रिलिज भएकाे फिल्म पडोसनकाे गीत 'मेरे साम्ने वाली खिडकी में' दर्शाउथ्याे। 

आफ्नाे घरकाे झ्यालबाट देखेकी रीनालाई पहिलाेपटक नै प्रेम गराएका आमिरले आफ्नो प्रेमको प्रसताव पनि अनौठो तरिकाबाट गरेका थिए। उनले आफ्नो खूनबाट ‘लव लेटर’ लेखेर रीनालाई प्रेमको प्रस्ताव राखेका थिए। भलै, उनको त्यो हर्कत देखेर रीना रिसाइन् तर विस्तारै उनले पनि आमिरलाई मनपराउन थालिन्। र उनीहरूले लुकीछुपी १९८६ अप्रिलमा विवाह गरे। तर उनीहरूकाे त्याे विवाह धेरै टिक्न सकेन र सन् २००२ मा सम्बन्ध विच्छेद गरे।

रीनासँग सम्बन्ध विच्छेद पछि आमिरकाे निर्देशक-निर्माता किरण राव प्रेम बस्याे। र उनीहरूले डिसेम्बर २००५ मा विवाह गरे। आमिर र किरणले आफ्नो छोरा आजाद राव खानको आईभीएफमार्फत आगमनसँगै अभिभावक बनेका थिए। 

किरण र आमिरकाे विवाह पनि धेरै समय टिक्न सकेन र उनीहरूले सन् २०२१ मा सम्बन्ध विच्छेदको घाेषणा गरे।

जब आमिर खान करण जोहरको च्याट शो कफी विथ करण सिजन–६ मा उपस्थित भएका थिए। उनले आफ्नो पहिलो विवाह, सम्बन्धविच्छेद र आफ्नो पूर्व पत्नी किरण राव र रीना दत्ताबीचको अद्भुत सम्बन्धको बारेमा खुलेर बोलेका थिए। 

आमिरले भनेका थिए, 'रीना र मेरो विवाह भएको १६ वर्ष भयो। जब हामी छुट्टियौं, यो हामी र हाम्रो परिवारको लागि पीडादायी थियो। हामीले परिस्थितिलाई सकेसम्म राम्रोसँग सामना गर्ने कोसिस गऱ्यौं।हामी एकअर्कासँग छुट्टिएपनि रीना र मैले एकअर्काप्रतिको माया र सम्मान गुमाएनौं।'

रीनाकाे जीवनमा प्रवेश गर्न पाउनु आफ्नो लागि स्वभार्ग्य भएकाे बताउँदै उनले भने, 'म रीनालाई धन्यवाद दिन्छु, जसले मलाई आफ्नो जीवनमा आउने मौका दिएकी छिन्। उनले मलाई धेरै किसिमले समृद्ध बनाएकी छिन्। विवाह गर्दा हामी सानै थियौं। यसको मतलब यो होइन कि मैले रीनाप्रतिको सम्मान गुमाएँ, वा त्यो कुराको लागि, मैले रीनाप्रतिको मेरो प्रेम गुमाएँ। उनी वास्तवमै अद्भुत व्यक्ति हुन्। विवाह हुँदा हामी सानै थियौं। म यसको मूल्य दिन्छु र मलाई खुशी छ कि उनले पनि गर्छिन्।'

पूर्व पत्नी रीना दत्ता र किरण रावबीचको मित्रताबारे बताउँदै उनले भने, 'रीना र किरण दुवै जना परिपक्व छन्।' एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-08-30 21:00:00

प्रतिकृया दिनुहोस्