‘नशारहित रमाउन सकिन्छ’ भन्ने नाराका साथ 

साेबरले आयोजना गर्‍याे ‘सोबर रिकवरि कप’ फुटबल प्रतियाेगिता, २१ टाेलीकाे सहभागिता (भिडियाेसहित)

सोबर रिकवरि उपचार तथा पुनर्स्थापना केन्द्रले ‘सोबर रिकवरि कप’ को आयोजना गरेको छ।

‘नशारहित पनि रमाउन सकिन्छ’ भन्ने नाराका साथ सोबरले बुधबार गोकर्णेश्वर–४ माकलबारीस्थित मनकामना फुटसलमा ‘फुटबल टुनामेन्ट’को आयोजना गरेको हो।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख आतिथ्य तथा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेले सोबरले आयोजना गरेको फुटसल टुनामेन्टले गोकश्वरको ‘सान’ बढाएको बताए। 

‘सोबरले उच्चस्तरमा सेवादायी रुपमा रिहाब सेन्टर सञ्चालन गरिरहेको छ’, गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत रहेका चालिसेले भने, ‘सोबरले राम्रो काम गरिरहेको छ। त्यसमा नगरपालिका र मैले खेल्नुपर्ने भूमिकामा कुनै कमी हुने छैन।’

सुधार केन्द्र र खेलकुदको माध्यमबाट नयाँ जीवनकाे सुरुआत गर्न सकिने उनकाे बुझाइ छ। 

कुलतमा लागेको बाटो मोडिसक्ने बताउँदै सांसद चालिसेले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई बधाई दिँदै उज्वल भविष्यका लागि शुभकामना समेत दिएका थिए।

पूर्वलागुऔषध प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको प्रतियोगितामा पाँच प्रदेशका सुधार केन्द्रहरूको सहभागिता रहेको थियो। 

सोबरले पहिलोपटक गरेको टुनामेन्टमा पाँच प्रदेशका रिहाब सेन्टरहरूको उपस्थिती रहेतापनि अगामी वर्षहरूमा सातै प्रदेशका सुधार गृहहरूको सहभागिता हुने सोबरका संस्थापक छिरिङ वाङ्दीको विश्वास छ।

पूर्वलागुऔषध प्रयोगकर्ताहरूका लागि टुनामेन्ट एउटा अवसर रहेको बताउँदै उनले बिएल नेपाली सेवासँग भने, ‘हाम्रो पालामा पूर्वलागुऔषध प्रयोगकर्ताको लागि चार्ड जस्तो हुन्थ्यो प्रतियोगिता। १० वर्षसम्म नभेटिएका साथीहरूसँग भेट्न पाउँदा खुसी लाग्थ्यो। हामीलाई खेल्नु र हेर्नु नै रमाइलो हुन्थ्यो।’

आफूले धेरै वर्ष पहिले देखिरहेको सपना पूरा भएको उनको बुझाइ छ। ‘मलाई पूर्वलागुऔषध प्रयोगकर्ताहरूका लागि यस्तो खेलकुद गर्ने सोच विगतका वर्षहरूदेखि नै थियो। तर आज आएर पूरा भयो। आगामी वर्षहरूमा पनि यो टुनामेन्टलाई निरन्तरता दिनेछौं।’

२१ टोलीको सहभागिता रहेकाे उक्त प्रतियोगितामा बिजेता टिमले ट्रफी, प्रमाण पत्रसहित नगद एक लाख ५० हजार रुपैयाँ पाउनेछन् भने फस्ट रनरअपले ट्रफी प्रमाण पत्रसहित नगद ७५००० प्राप्त गर्नेछन्।

पूर्वलागुऔषध प्रयोगकर्ताहरूलाई स्फूर्ति बनाउने लक्ष्यका साथ टुनामेन्ट आयोजना गरेको सोबरलाई गोकर्णेश्वर नगरपालिका, बौद्ध तामाङ कल्याण गुठी, काजु रग्स, कमल रग्स, नगरकोट फार्महाउस, हाइलाइफ फूड्स, बौद्ध स्कुलर क्लब, एसएस जुर्लस, दिनेश बस्नेत र प्रजेश शाहले गरेका छन्।

प्रकाशित मिति: : 2024-04-03 16:00:00

प्रतिकृया दिनुहोस्