तुलसीपुरकाे गणपति तेल मिलमा आगलागी, दुई करोड बढी क्षति

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शिनबार (आज) बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए।

तेल मिलमा आगलागी भएको र आफूले  झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए। आगलागी भएको खबर पाएलगत्तै  ठूलो सङ्ख्यामा स्थानीय, पानी  ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त्रमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी  रहेको छ। आगलागीको कारण खुलेको छैन। 

उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुन।

प्रकाशित मिति: : 2023-09-02 08:05:00

प्रतिकृया दिनुहोस्