एआरभी भ्याक्सिन भेरी अस्पतालमा आइपुग्याे 

फाइल तस्बिर

बाँकेकाे नेपालगन्ज स्थित भेरी अस्पतालमा बिगत केही महिना देखि अभाव भइरहेको कुकुरको टोकाइ विरुद्ध लगाइने भ्याक्सिन (एआरभी) भेरी अस्पतालमा आइपुगेको छ। 

भ्याक्सिन अभाव हुँदा भेरी अस्पतालकाे सेवा प्रभावित भएको थियो। अस्पतालकाे लामाे प्रयासपछि भ्याक्सिन आइपुगेकाे हाे। अहिले ८४० भाइल भ्याक्सिन अस्पतालमा आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जङ्ग रायमाझीले जानकारी दिए। 

उनका अनुसार शनिबारदेखि अस्पतालबाट निःशुल्क रुपमा विरामीलाई भ्याक्सिन दिइनेछ। 

साथै क्यान्सरजस्ता रोगको पहिचान गर्न अति आवश्यक हिस्टोप्याथोलोजी मसिन भेरी अस्पतालमा आइपुगेको छ। 
 

प्रकाशित मिति: : 2023-09-08 20:07:00

प्रतिकृया दिनुहोस्