एनआरएनएकाे उपाध्यक्ष पदमा राजु रेग्मी (राज)काे उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्ष पदमा मध्यपूर्वका राजु रेग्मी (राज)ले उम्मेदवारी दर्ता गरेका छन्।

रेग्मीले बुधबार निर्वाचन समितिसमक्ष आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्। रेग्मीको उम्मेदवारीमा अमेरिकाबाट हरिबाेल भण्डारी र कतारका नरेन्द्र भाट प्रस्तावक बसेका छन्।

यस्तै अष्ट्रेलियाका दुर्गा आचार्य र स्पेनका एकराज गिरी समर्थकमा बसेर छन्।

रेग्मी प्रवल दाबेदार मानिन्छन्। उनलाई अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले आफ्नो टिममा राखेका छन्।

को हुन्, रेग्मी?

कामदारका रुपमा कतार प्रवेश गरेका रेग्मी अहिले आफ्नै व्यवसाय चलाइरहेका छन्। नेपालका विभिन्न क्षेत्रमा पनि उनको लगानी छ। युवा उमेरमै सफल व्यवसायीको परिचय बनाएका रेग्मी एनआरनएनमा एक मिलनसार अभियन्ता हुन्।

छोटो समयमै एनआरनएनए वृत्तमा रुचाइएका अभियान्ता मानिन्छन् रेग्मी।

शालीन र भद्र स्वाभावका उनी मध्यपूर्वबाट सम्भावना बोकेका अभियन्ता मानिन्छन्।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजको आग्रह र साथी-भाइको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीले बताए।

एनआरएनएमा युवा सहभागिता र उद्यमशीलता बढाउने लक्ष्य उनको छ।

विदेशमा आर्जन गरेको सीप र पूँजीलाई मातृभूमिसँग जोड्ने र लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने रेग्मीका एजेण्डा छन्। मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनको योजना छ।

दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न आफूले काम गर्ने रेग्मीले बताए। परोपकारी संस्था एनआरएनएले मात्र विदेशमा रहेका सबै नेपालीलाई समेट्न सक्ने भएकाले यसमा जोडिनुपर्ने उनी बताउँछन्।

सामाजिक कार्यमा उनी सधैं अग्रपंक्तिमा हुन्छन्।

मध्यपूर्व युवा संयोजक रहँदा प्रवासमा रहेका कलाकारलाई लक्षित गर्दै सांगितिक कार्यक्रमको आयोजना गरेर रेग्मीले दोस्रो पुस्ताको समेत मन जितेका छन्।

उनले दोस्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिङ्गिङ आइडल’को आयोजना गरेका थिए। युवा बर्गलाई एनआरएनएमा आबद्ध गराउन अब विभिन्न रचनात्मक काम गर्ने योजना उनले बनाएका छन्।

आउने चुनावबाट संघमा ६ जना खुला उपाध्यक्ष आउने छन्। उपाध्यक्ष पदका लागि चर्चामा अरु पनि छन्। तर, प्रवल आकाङ्क्षीमा उभिएका छन् राज रेग्मी। किनभने, प्राय: सबै देशहरूमा उनको प्रभाव बलियो मान्निछ।

प्रकाशित मिति: : 2023-10-13 18:20:00

प्रतिकृया दिनुहोस्