बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपालीहरू (एनआरएन)ले भ्रष्टाचार गरेमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव राखेको छ। अख्तियारले गैरआवासीय नेपाली नागरिकलाई समेत भ्रष्टाचार ऐन लागू हुनुपर्ने विषय राख्ने प्रस्ताव गरेको हो।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, ०५९लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव फणिन्द्र गौतमले अख्तियारको प्रस्ताव समेट्नुपर्ने बताएका हुन्।
मूल ऐनमा भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली नागरिकका हकमा लागू हुने उल्लेख छ।
अख्तियारले गैरआवासीय नेपाली नागरिकलाई पनि लागु गर्नुपर्ने प्रस्ताव राखेको हो।
‘यो ऐन नेपाल राज्यभर लागु हुनेछ र नेपालबाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐन बमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकलाई समेत लागु हुनेछ,’ आयोगले प्रस्ताव राखेको छ।
अख्तियारको उक्त प्रस्तावमा समिति भने अनिर्णीत रह्यो।
एनआरएनलाई भोटिङबाहेक आर्थिक सामाजिक, सांस्कृतिक अधिकार दिएपछि उनीहरूमाथि छानबिन गर्न पाउनुपर्ने मत केही सांसदले राखेका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया