लुम्बिनीका कर्मचारीद्वारा तलब काटेर भूकम्प पीडितलाई राहत 

लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले आफ्नो तलब काटाएर भूकम्प पीडितलाई राहत दिने भएका छन्। एक दिनदेखि तीन दिनसम्मको तलब कटाएर भूकम्प प्रभावित क्षेत्रका लागि राहत दिने भएका हुन्। 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेकाअनुसार एघारौ तह वा सो भन्दा माथिका कर्मचारीहरुले तीन दिनको तलब, अधिकृत छैठौ देखि दसौँ तह वा सो सरहसम्मका कर्मचारीले २ दिनको तलब र सहायक स्तर र तह विहीन  कर्मचारीहरुले एक दिनको तलब भूकम्प पीडितलाई दिदैछन्। 

उक्त राहत रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराइने प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्। 

गत शुक्राबर गएको भुकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ।

प्रकाशित मिति: : 2023-11-09 07:08:00

प्रतिकृया दिनुहोस्