भूकम्पमा घाइते भएका १३ जना डस्चार्ज

जाजरकोट भूकम्पमा परी घाइते भएका १३ जना एकै दिन निकाे भएर घर फर्किएका छन्। 

बाँकेकाे भेरी अस्पतालमा उपचाररत १३ जना निकाे भएर शुक्रबार घर फर्किएकाे जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएकाे छ।

निकाे हुनेमा जाजरकोटका ८ र रुकुम पश्चिमका ५ जना रहेका छन्। 

उनीहरुलाई भेरी यातायात व्यावसायीको सङ्गको समन्वयमा निःशुल्क घर पुर्‍याइएको छ।

साथै बाँके युनेस्को क्लबको सहयोगमा चामल, दाल, तेल, कम्बल र त्रिपाल १–१ थान उपलब्ध गराइएकाे छ।


 

प्रकाशित मिति: : 2023-11-10 17:19:00

प्रतिकृया दिनुहोस्