मौन आवाज
चोर पसेको छ जस्तो छ - निन्द्रामा!
यस्तोबेला बिना शरीर -
ढुङ्गामाथि खुट्टा हल्लाएर निर्धक्क बस्न सकिँदैन
सकिँदैन -
घाँसमा उतानो परेर बिछ्यौनामा निदाउँन!
सकिँदैन -
टाउकोमा सिरानी हालेर निमग्न निदाउँन
सकिँदैन -
सपनामा निदाउँन
सकिँदैन -
अनिन्द्रामा निदाउँन
सकिँदैन -
निन्द्रामा निदाउँन!
केही त अवश्य हराएको छ -
छ भने - मन बेचैन छ!
केही त अवश्य हराएको छ -
छ भने तन बेचैन छ!
केही त अवश्य हराएको छ -
छ भने - जीवन बेचैन छ!
शंका छ -
खरानीमाथि आगोले केही डढाएको छ!
शंका छ -
छालमाथि पानीले केही बगाएको छ!
शंका छ -
प्रेममाथि विश्वासले केही लुकाएको छ!
- कहिलेकाहीं लाग्छ -
नभएको चीज हराएको छ।
- कहिलेकाहीं लाग्छ -
भएको चीज हराएको छ।
- कहिलेकाहीं लाग्छ -
हराएको त छ -
तर / के हराएको छ?
छामी हेरुँ भन्छु -
छाम्ने वस्तु छैन।
छोई हेरुँ भन्छु -
छुने वस्तु छैन।
- हेरुँ भन्छु -
हेर्ने वस्तु छैन।
- हातमा औंला छैन
- खुट्टामा यात्रा छैन
- आँखामा दृश्य छैन
- टाउकोमा मस्तिष्क छैन
- अनुहारमा अनुहार छैन ।
-केही त अवश्य हराएको छ -
- कोही त अवश्य हराएको छ!
चोर पसेको छ जस्तो छ -
केही नभएको - कतै नभएको समय र स्थानमा -
कोठामा - घरमा - तथाकथित यो भौतिक संसारमा!
तर / म निर्धक्क छु -
यदि / म कतै छु भने -
केही हराएको छैन!
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया