स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

Photo: newsbutwaltoda
Photo: newsbutwaltoda

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। साँस्कृति नगरपालिका– ४ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

मृत्यु हुनेको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार शनिबार बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। 

ठक्कर दिने बसलाई आक्रोशित स्थानीयले आगो लगाइदिएका छन्।

प्रकाशित मिति: : 2023-12-02 11:03:00

प्रतिकृया दिनुहोस्