माओवादीले यसरी बनाएकाे थियाे रणनैतिक प्रत्याक्रमणको दाेस्राे योजना

भाग्यले खान पाएका प्रचण्ड, भाग्यले खान नपाएका शहीद कमरेड सुनिल

Breaknlinks
Breaknlinks

०५२ साल फागुन १ गते रोल्पाको होलेरी चौकी आक्रमण गरेर माओवादीले औपचारिक रूपमा दश वर्षे सशस्त्र द्वन्द्व सुरुवात गर्‍यो।

त्यसकाे केही दिनमै रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीस्थित चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंक 'कब्जा' गरेपछि पार्टी नेतृत्व गरिरहेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले विज्ञप्ति जारी गरी युद्धबारे जानकारी दिएका थिए।

१० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाए। कयाैं बेपत्ता भए। कयाैं अङ्गभङ्ग भए। जुन अपूरणीय क्षति हाे तर माओवादी सशस्त्र द्वन्द्वले देशको तल्लाे वर्ग र हेपिएका जातिमा चेतना बढायो। देशमा गणतन्त्रको वातावरण निर्माण गर्‍यो। 

तत्कालीन समयमा माओवादीले आफूहरुसँग ३२ हजार सेना रहेको दाबी गरेकाे थियाे तर सेना समायोजनको क्रममा भने संयुक्त राष्ट्रसंघीय मिसन 'अनमिन'ले १९ हजार ६०२ जना मात्र रहेकाे तथ्यांक सार्वजनिक गर्याे। उक्त तथ्यांकलाई आधार मान्ने हाे भने १५ हजार ६३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किएका थिए।  १ हजार ४ सय २१ जना भने नेपाली सेनाका विभिन्न पदमा समायोजन भए।

रणनैतिक प्रत्याक्रमणको दाेस्राे योजना

वर्गसंघर्ष र अन्तरसंघर्षबीचको असहज वातावरणकाे बाबजुद् पनि माओवादीले रणनैतिक प्रत्याक्रमणको पहिलो योजना पूरा गर्याे। वास्तवमा कालिकोटको पिली बेसक्याम्पमा भएको आक्रमण माओवादी सशस्त्र संघर्षको अन्तिम सबैभन्दा ठूलो सफलता थियो।

'रणनैतिक प्रत्याक्रमण' को पहिलाे याेजना सफल भएपछि ०६२ सालमा माओवादीले पुनः दाेस्राे पटक रणनैतिक प्रत्याक्रमणकाे याेजना बनायाे। ०६२ सालकै असोजमा बसेको माओवादीको केन्द्रीय कार्यसमितिको बैठकले रणनैतिक प्रत्याक्रमणको दोस्रो योजना बनाएको थियो।

उक्त बैठकमा युद्धको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष 'प्रचण्ड'ले भनेका थिए, 'अब नेपालमा ठूलो आँधी आउनेवाला छ। त्यो पनि चाँडै। त्यो आँधीमा औचित्य सिद्ध गर्न हामीले कदम चालिसकेका छौँ। यो हाम्रो प्रयास इतिहास सदा जीवित रहनेछ।'

उक्त बैठकले 'सामन्तवादविरुद्ध आँधी उठाएर सर्वहाराको लागि नयाँ क्षितिज निर्माण गर्ने अठाेट' सहित महत्वपूर्ण निर्णयहरू पारित गर्‍यो। यहाँसम्म कि बैठकले रणनीतिक दृढता र कार्यनीतिक लचकताको पराकाष्ठासम्म पुगेर भए पनि युद्धको 'ह्याप्पी इन्डिङ' गर्ने घोषणा गरेको थियो।


काे हुन् वर्मन ? जसकाे खुट्टामा ढाेगेर प्रचण्डले आशीर्वाद लिए


प्रचण्डले थप्दै भनेका थिए, 'यो कुनै मनोगत कुरा होइन, वस्तुगत र व्यावहारिक सत्य हो। युद्धमा ज्यान दिएका सहिदहरुको लागि भए पनि हामीले यसलाई पूरा गर्नैपर्छ। हामीले देखेको सम्मानयोग्य क्रान्तिको सपना जसरी पनि पूरा गर्नुपर्ने छ। वर्गसंघर्षमा आउन लागेको ठूलो आँधीको नियन्त्रण गर्न पनि हामीलाई जिम्मेवारी थपिएको छ। त्यसैले हामी नडराऔँ।'

त्यही बैठकमा माओवादीले लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा तयार गर्ने पहिलो औपचारिक घोषणा गर्‍यो। फौँजी रुपले सामान्ती सत्ताको ढाडमा टेकेर टाउकोमा हान्ने र फौजी कार्यनीतिका आधारमा दुश्मनको सैन्यउपर प्रभावकारी हमला गर्ने बैठककाे नीतिगत योजना थियाे।

कार्यकर्तालाई प्रचण्डले सम्बोधन गर्दै भनेका थिए, 'विचार संघर्षको दृष्टिकोण वा अन्तरसंघर्षको दृष्टिकोण वा वर्ग संघर्षको दृष्टिकोणले हेरे पनि हामी चुनौती र जोखिमपूर्ण विन्दुमा छौँ।'

पार्टीको केन्द्रीय तथा 'जनरल स्टाफ'को बैठकपछि पश्चिम केन्द्रीय कमाण्डको बैठक बस्यो। उक्त बैठकले पनि सैन्य अभियानको लागि तीनवटा महत्वपूर्ण निर्णय गर्‍यो।

डिभिजनहरुलाई गण्डकमा केन्द्रीकृत गर्ने, कमाण्डस्तरबाटै पार्टी तथा संगठन-जनसमुदायलाई पनि केन्द्रीकृत गर्ने र समग्र परिचालनको लागि नेतृत्व पनि गण्डकमै केन्द्रीकृत गर्ने बैठकका प्रमुख तीन याेजना थिए।

बैठकमा पश्चिम केन्द्रीय कमाण्डका इञ्चार्ज पाेष्टबहादुर बाेगटी (क. दिवाकर) को विशेष उपस्थिति र पश्चिम सैन्य कमाण्डका कमाण्डर जना‍र्दन शर्मा (क. प्रभाकर) को अध्यक्षता थियो। बैठकमा किमबहादुर थापा (क. सुनिल) सहित दुई दर्जनभन्दा बढी कमाण्डरहरुको भव्य सहभागिता थियो। 

पश्चिम सैन्य कमाण्डको पहिलो बैठकले पनि बुँदागत रुपमा पाँच वटा निर्णय गर्‍यो–

एक, चौथो र पाँचौ डिभिजनले प्राथमिक रक्की पूरा गर्ने र चौथो डिभिजनले प्राविधिक तयारी गर्ने।

दुई, गण्डकमा प्रवेश गर्न तीन डिभिजन तीन रेञ्जबाट बढ्ने, दुश्मनले अवरोध खडा गरेमा भिडन्तको तयारी गर्ने, युद्धविराम भंग हुनुअगावै पुष १५ गतेसम्म गण्डकमा चौतर्फी मार्च गर्ने र युद्धविराम भंग हुनबित्तिकै आक्रमण सुरु गर्ने।

तीन, डिभिजको संरचना, कमाण्डरको नियुक्ति र हतियास विण्यास तथा त्यस क्षेत्रमा रहेका सबै ब्रिगेडका लागि आक्रमणको योजना तयार गर्ने।

चार, महेन्द्रनगर र धनगढीमा सातौँको एक ब्रिगेड, बाँके-बर्दिया तथा सुर्खेतमा छैठौँको एक ब्रिगेड र दाङमा पाँचौको एक ब्रिगेडले निरन्तर आक्रमण गर्ने र सडक कब्जा गर्न तयारी गर्ने।

पाँच, विभिन्न क्षेत्रहरुमा माओवादी प्रशिक्षण सुरु गर्ने।

यी निर्णयहरू  भएपछि माओवादीले डिभिजनहरु घोषणा तथा क्षेत्रका राजनैतिक संगठनात्मक गतिविधिहरुलाई तीव्रता दियाे।

०६२ सालकै मंसिर १४ गते रोल्पा र सल्यानको सिमानामा पर्ने जिनावाङमा तत्कालिन शाही सेनाले हवाइ आक्रमण गर्‍यो। जहाँ सुनिल र निर्ममले ज्यान गुमाएका थिए। 

वास्तवमा भन्ने हो, त्यही घटनाले माओवादीलाई तत्कालिन समयमा अझै विद्रोही बनाउन सहयाेग ठूलाे सहयाेग गर्‍यो।

सुनिल र निर्ममको सम्झनामा आयोजना गरिएको कार्यक्रमसँगै माओवादीले लोकतान्त्रिक जनप्रदर्शनलाई मूर्त रुप दियो। उक्त लोकतान्त्रिक जनप्रदर्शनमा जनताको सहभागी यति धेरै थियो कि त्यही क्षणबाट जनमुक्ति सेनाको गण्डक केन्द्र अभियान सुरु भयाे।

त्यसाे त ज्यान गुमाउनुभन्दा केही समयअघि मात्रै क. सुनिल (किमबहादुर थापा) ले जनमुक्ति सेनाको पाँचौँ डिभिजन कमाण्डरको जिम्मेवारी पाएका थिए।

एउटा दुर्लभ तस्वीर

सशस्त्र द्वन्द्वको बेला पश्चिम नेपालको 'आधार इलाका' मा खिचिएको दुर्लभ तस्वीर हो, याे। तस्वीरको पहिलो लहरमा दायाँबाट दोस्रो व्यक्ति शहीद सुनिल हुन्।

तस्वीरमा सुनिलसँग देखिएका पात्रहरु हालका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, नेत्रविक्रम चन्द विप्लव र सन्तोष बुढा हुन्। 



पूर्वसभामुख महराका छोराछोरी, जसले बन्दूक बनाउन र बारुद भर्न बाबुबाटै सिके

प्रकाशित मिति: : 2021-09-22 20:08:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ