काठमाडौंमा चुरोट–सुर्ती  प्रतिबन्ध गराउन नगरप्रहरीको बाक्लो परिचालन, बेचेको पाइए पसलै बन्द गरिने

काठमाडौँ महानगरपालिकामा आज बिहीबारदेखि सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको छ भने समार्वजनिक स्थलमा सेवन गर्न पनि निषेध गरिएको छ। बिक्री वितरणमा रोक लगाएसँग महानगरले उपत्यकमा बाक्लो रुपमा नगर प्रहरी खटाएको छ। 

महानगरले मंसिर १५ गते सार्वजनिक सूचना जारी गर्दै ३२ वटै वडामा सुर्तीजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपरागलगायत बिक्री गर्न रोग लगाएको थियो। 

सूर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले त्यसलाई रोक्न सुर्तीजन्य पदार्थ बिक्री, प्रयोगमा प्रतिबन्ध लगाइएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल बताउँछन्। 

यस्तै सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्थासमेतलाई दृष्टिगत गरी यो निर्णय लिइएको उनको भनाइ छ।

यसैगरी पौडेल महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने बताँछन्।

भिडियाे

प्रकाशित मिति: : 2023-12-14 12:55:00

प्रतिकृया दिनुहोस्