दाङमा यात्रुवाहक बसको ठक्करबाट बालकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ।

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय  उत्तम चौधरीलाई ठक्कर दिएको थियोे। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिएका छन्। घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन्।

प्रकाशित मिति: : 2024-01-01 20:22:00

प्रतिकृया दिनुहोस्