दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ। 

मृत्युु हुनेमा राप्ती गाउँपालिका ८का २७ वर्षीय सुनिल चाैधरी रहेका छन्। 

उनी सवार लु ३२ प ७०१४ नम्बरकाे माेटरसाइकललाई पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ५ दाेलै खाेलामा  बा २८ च ८६१८ नम्बरको पिकअपले गयराती सवा १० बजे ठक्कर दिएकाे थियाे। 

पिकअपकाे ठक्करबाट गम्भीर घाइते भएका चाैधरीकाे लमही अस्पतालमा सवा ११ बजे मृत्यु भएकाे थियाे। 

पिकअप चालक रुपन्देही सुद्वोधन गाउँपालिका २ बस्ने बर्ष २४ का आशबिन सुनारको दाहिने आँखामा चोट लागेकाे छ। 

उनकाे भैरहवामा उपचार भइरहेकाे छ।

प्रकाशित मिति: : 2024-02-03 08:13:00

प्रतिकृया दिनुहोस्