नाराबाजी गर्दै संसद् भवनभित्रै छिरे लघुवित्तका ऋणीहरू

आन्दाेलनका क्रममा विभिन्न जिल्लाबाट काठमाडाैँ आएका लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेका छन्।

करिब २०-२५ जनाकाे संख्यामा आएका उनीहरु साेमबार दिउँसाे नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन्। उनीहरु विभिन्न नाराबाजीसहित संसद भवन छिरेका छन्।

प्रहरीले प्रवेशद्वारमा राेक्न खाेजे पनि हुलहुजत गर्दै उनीहरु भित्र प्रवेश गरेका छन्।

संसद बैठक जारी रहेकाे तथा उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा सहभागी हुने जानकारी पाएसँगै उनी भवन प्रवेश गरेका हुन्।

यस्ता छन्, उनीहरुका माग ः

१. नव सामन्तीको रूपमा स्थापित लघुवित्त तथा वित्तिय संस्थाहरू, खारेज गर।

२. लघुवित्तिय संस्थाहरुद्धारा लगाईएको सामुहिक ऋण, मिनाहा गर।

३. गरिब किसानहरुलाई निःशुल्क ऋण, प्रदान गर।

४. आवश्यकता र क्षमतामा आधारित काम र दामको, व्यवस्था गर।

५. समाजवादी अर्थतन्त्रको, विकास गर।

६. जनपक्षिय मौद्धिक निति, कायम गर।

७. कालोसुची तथा धितो लिलाम, फुकुवा गर।

८. भुमिहिन तथा वित्तिय शोषणका पिडितहरुलाई मुआब्जाको, व्यवस्था गर।

५. प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको, व्यवस्था गर।

प्रकाशित मिति: : 2024-02-26 14:12:00

प्रतिकृया दिनुहोस्