मनको कुरा गरौं
रातोपाटी
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिनेमा एकमत देखिएको छ।
शुक्रबारको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्षस्थ नेता सम्मिलित बैठकमा काँग्रेस नेतृत्वको सरकार बनाउने सहमति बनेको छ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सहमति पनि बनिसकेको छ। काँग्रेसभित्र सहमति बने पनि गठबन्धन निर्माण हुन सकेको छैन।
पुनः स्थापित प्रतिनिधि सभाको तेस्रो बैठक चैत ३ गते बस्न लाग्दा पनि प्रधानमन्त्री ओलीको विकल्प दिन दलहरु एकमत भएर निर्णयमा पुग्न सकिरहेका छैनन्।
सत्ता समर्थक दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन साइत कुरिरहेको छ। यता प्रधानमन्त्री केपी ओली इतर पक्षलाई साथमा लिएर सरकार बनाउने तयारीले तीव्रता पाउन सकेको छैन।
एक चरण काँग्रेसले माओवादी केन्द्र र जसपासँग छुट्टाछुट्टै छलफल गरे पनि परिणाम निस्किन सकेको छैन। तीन दल एकअर्काले खुलेर अग्रसरता नदेखाउँदा गठबन्धनले आकार धारण गर्न नसकेको बताउँछन्।
तर काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने काँग्रेसले एउटा दृष्टिकोण बनाए पनि माओवादी केन्द्र र जसपामा त्यो हुन नसकेको बताउँछन्। यद्यपि खड्काले सत्तासीन नेकपा एमालेसँग पनि अनौपचारिक छलफल भइरहेको बताए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया