अब श्रम स्वीकृति लिन कसैकाे पावर लगाउनुपर्दैन: मन्त्री अर्याल

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले श्रम स्वीकृति लिन कसैले पावर लगाउनु नपर्ने बताएका छन्।

वैदेशिक राजगार विभागबाट एक घण्टामै श्रम स्वीकृति सेवा दिन सुरू गरेकाे अवसरमा आयोजित पत्रकार सम्मलेनमा उनले साे कुरा बताएका हुन्।

यसअघि चिनेजानेका व्यक्तिले छिटाे श्रम स्वीकृति पाउने र अन्यथा महिनाैँ लाग्ने समस्या थियाे। तर अबदेखि १ घण्टाभन्दा बढी समय नलाग्ने मन्त्री अर्यालले दाबी गरे।

उनले सेवामा सुधार भएकाे र अब सरकार वा मन्त्री फेरिए पनि सेवा नफेरिने बताए। उनले सेवा दिने समय घट्दै जाने बताए।

विभागले हालसम्म बिहान ७ बजदेखि साँझ ९ बजेसम्म सेवा दिइँदै आएकाे छ। अब सेवा सुधार भएसँगै काम पनि घट्ने उनले बताए।

प्रकाशित मिति: : 2024-04-07 14:40:00

प्रतिकृया दिनुहोस्