उत्तर सिरियामा जारी आक्रमणको क्रममा टर्कीका एक सैनिक मारिएको पुष्टि

तस्बिरः एजेन्सी

उत्तर सिरियामा टर्कीले जारी राखेको कारबाहीको क्रममा टर्कीका एक सैनिक मारिएका सरकारी स्रोतले पुष्टि गरेको छ ।

उत्तरी सिरियामा कुर्दिश लडाकू समूह र टर्कीका सैनिकबीच भएको भीषण दोहोरो भिडन्तमा ती सैनिक मारिएका टर्कीले शुक्रबार पुष्टि गरेको हो । टर्कीले जारी राखेको यस कारबाहीको क्रममा टर्कीका तीन सैनिक घाइते भएका रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको थियो । यद्यपी मन्त्रालयले अन्य विस्तृत विवरण भने दिएको छैन् ।

टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको थियो । सो हमलाको कारण सो क्षेत्रमा रहेका हजारौ सर्वसाधारणले आफ्नो घरवास छोडेका छन् ।

टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका थए।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ । अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको बताइएको छ ।

राष्ट्रपति रेसेप तायिप एर्डोगानले बुधवार ट्वीटरमा आक्रमण सुरु गर्ने घोषणा गरेको लगत्तै कुर्द स्थान लक्षित गर्दैै हवाई र त्यसपछि स्थल आक्रमण भएको थियो । यस आक्रमणको कारण हजारौं सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।

बुधबार साँझमा स्थल आक्रमण शुरु भएको टर्की रक्षा मन्त्रालयले जानकारी दिएको छ । टर्की शुरु गरेको कारबाहीमा जतिसक्दो मानवीयरुपमा सञ्चालन भएन भने उनले देशको अर्थतन्त्रलाई ठूलो असर पारिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: : 2019-10-11 16:49:57

प्रतिकृया दिनुहोस्