कन्टेनरमा भेटिएका ३९ शव भियतामी नागरिकको भएको पुष्टि,अपराधसँग जुध्न आपसी सहयोग बढाउन आह्वान

Photo Credit :GETTY IMAGES

ब्रिटेनको प्रहरीले एसिक्समा कन्टेनरमा भेटिएका ३९ शव सबै भियतामी नागरिकहरूको भएको बताएसँगै भियतनामको सरकारले मानव तस्करीको कडा निन्दा गरेको छ।

भियतनामको विदेश मन्त्रालयले विश्वभरका सबै देशहरूलाई यस्तो अपराधसँग जुध्न आपसी सहयोग बढाउन आह्वान गरेको छ।

भियतनाम तथा ब्रिटेनका अधिकारीहरूले २३ अक्टोबरमा फेला परेका शवहरूको पहिचान कार्य जारी राखेका छन्।

सोमवार उक्त लरीका चालक मउरिस रबिन्सन हत्याको अभियोग सामना गर्न अदालतमा उपस्थित गराइए।

उक्त घटनालाई लिएर थुप्रै पक्राउ गरिएका छन्।प्रहरीले उत्तरी आयरल्याण्डका दुई दाजुभाइलाई पनि सोही अभियोगमा खोजिरहेका छन्।भियतनामको प्रहरीले पनि दुई जनालाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2019-11-03 07:27:08

प्रतिकृया दिनुहोस्