क्यान्सरमुक्त सिक्किम बनाउन मुख्यमन्त्री गाेलेको आह्वान

फाइल तस्बिर

सिक्किम राज्यका मुख्यमन्त्री पीएस गोलेले क्यान्सरको प्रारम्भिक निदान र चिकित्सा हेरचाह अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय क्यान्सर सचेतना दिवसको अवसरमा बिहिबार मुख्यमन्त्री गोलेले एक सन्देश जारी गर्दै क्यान्सरको बारेमा जति बढी जान्दछ त्यति नै बढी यसको जोखिम कारकलाई कम गर्न, रोकथाम बढाउन र क्यान्सर निदान गर्न सकिने बताएका छन् ।

मानिसहरूले आफ्नो व्यवहार र खानपानको जोखिमलाई कम गरे यस रोगबाट बाँच्न सकिने मुख्यमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ । मुख्यमन्त्री गोलेले सिक्किमलाई क्यान्सरमुक्त बनाउन सबै एकजुट हुन पनि आह्वान गरेका छन् ।

सन् २०१४ देखि तत्कालीन केन्द्रिय स्वास्थ्य मन्त्री हर्ष वर्दनले राष्ट्रिय क्यान्सर सचेतना दिवसलाई क्यान्सर नियन्त्रण गर्ने मिशनको रूपमा शुरू गरेका हुन् ।

सर्वसाधरणमा क्यान्सरबाट बाँच्ने उपाय र यसका निम्ति उपलब्ध उपचारबारे सचेतना गराउन प्रत्येक वर्ष ७ नोभेम्बरको दिन यसलाई क्यान्सर सचेतना दिवसको रूपमा मनाउने गरिन्छ।

प्रकाशित मिति: : 2019-11-07 14:13:26

प्रतिकृया दिनुहोस्