दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा १७ जनाको मृत्यु

दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाए। आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिादै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीब्र बनाएको बताए।

थाइल्याण्डको दक्षिणी क्षेत्रका तीनवटा प्रान्तमा १५ वर्षयता जारी विद्रोहका कारण हालसम्म सात हजारभन्दा बढीको ज्यान गइसकेको छ ।गत मङ्गलबार पनि विद्रोहीले याला प्रान्तका दुई वटा जााच चौकीमा आक्रमण गरेका थिए।

मलाया–मुस्लिम विद्रोहीले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन्।यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ। यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ। स्थानीयबासी र अधिकारकर्मीले सैनिक कानुनका कारण सर्वसाधारणले कठिनाई भोग्नुपरेको बताउदै आएका छन्।

 

प्रकाशित मिति: : 2019-11-08 12:36:30

प्रतिकृया दिनुहोस्